top of page
Screen Shot 2021-01-25 at 5.04.31 PM.png

हाम्रो काम 

Icon of four people in different colors
आघात सबै ठाउँमा छ। 

विश्वका प्रत्येक मानिसलाई आघातले छोएको हुन्छ - तर पनि व्यवस्थित दमनले गर्दा समुदायहरू माथि एउटा अनुचित बोझ थपिएको छ।  

Icon of two orange people, one is looking down and the other has their hand around their shoulders
निको बनाउने श्रोत  साधनहरु छैनन्। 

कुसंस्कार, लाज तथा सांस्कृतिक रुपमा निको बनाउने श्रोत र साधनको कमी हुनुको मतलब धेरै हानि भएका मानिसहरु चुपचाप पिडा सहि रहनु हो।  

Red icons of medical cross, heart shape with a heart beat graph over it, and a money bag with $ over it
असर एकदमै भयानक छ। 

सम्बोधन नगरिएको आघातले बिरामी बनाउने, रोगहरू ल्याउने तथा अल्प आयुमै मृत्यु हुने हुनुका साथै व्यक्त्ति र समाजलाई ठुलै आर्थिक क्षति हुनसक्छ। 

Purple icon with one person connected to two people underneath it
प्रभावहरु वंशानुगत छन्। 

चक्रिय हानी र आघात जैविक तथा सामाजिक, दुबै रुपमा सर्न र  परिवारहरु, समुदायहरु तथा संस्थाहरू लाई पुस्तौ-पुस्ता सम्म असर गर्न सक्दछ। 

WhyHealing

हाम्रो लक्ष्य 

हामीले मानिसहरुलाई समुदायको सशक्त्तिकरण तथा चक्रिय आघात र हिँसा तोड्नको लागि मानसिक स्वास्थ्य तथा निको बनाउने सिपहरुले सुसज्जित गर्दछौ।

Group of Nepali men hugging and smiling
Group of Uganda community leaders as well as several Americans holding hands in the air in a circle while smiling as an elder teacher stands in the middle singing to them

हाम्रो परिकल्पना 

एउटा संसार जहाँ सबै मानिसहरु आफ्नो आन्तरिक शक्त्ति जान्न सक्ने ज्ञान तथा स्रोतको पहुँचमा होऊन्।  जसबाट उनीहरुले आफु, आफ्नो परिवार तथा समुदायलाई निको बनाउन सकुन्। 

Model

हाम्रो ढाँचा 

हानि भएकोबाट हानि भएका मानिसहरुका लागि  

मानसिक स्वास्थ्यको ढाँचाले आघातलाई एउटा रोग भनेर चिकित्साकरण तथा कलंकित गरेको छ।  जसले गर्दा दमनकारी शक्त्तिलाई स्थाई बनाउछ। नत यो मापन योग्य हुन्छ, नत असमान तरिकाले आघातले असर गरेको समुदायको पहुँचमा नै हुन्छ।  

हामी चाहिँ मौलिक ज्ञान, निको बनाउने सांस्कृतिक कला तथा अभ्यासमा आधारित रुपान्तरणकारी ढाँचामा उभिएका छौ।  जुन परिकल्पना पूर्ण, मुर्त र सामुदायिक प्रक्रिया अनुसार छ र हानी भएका मानिसहरुको नेतृत्वमा छ।  

मानसिक स्वास्थ्यको चिकित्सा ढाँचा

PTSD एउटा चिकित्सा सम्बन्धि रोग हो।

निको हुनु भनेको दिमाग सम्बन्धि समस्या हो। लक्षण अनुसारको औषधि गर्नु पर्दछ।

समाज बाहिरको "विज्ञ"को नेतृत्वमा।

व्यक्तिगत प्रक्रिया- एकले- अर्कोलाई 

बौद्धिक, विश्लेषणात्मक तथा मस्तिष्क केन्द्रित 

सिधा प्रक्रिया- बिरामी बाट स्वस्थ हुने 

आर्थिक स्थिति अनुसारको पहुँच। 

निको बनाउने हाम्रो रुपान्तरणात्मक ढाँचा 

आघात मानिसको अनुभवमा भर पर्छ।   निको हुनु भनेको समुदायको मुद्धा हो।  भित्री सतहमा रहेको आघातलाई सम्बोधन गर्ने। हानी भएको बाट हानि भएका मानिसहरुको लागी।

सामुहिक प्रक्रिया

तन-मन र मस्तिष्क, सम्बेगात्मक, अनुभूतिमा आधारित

चक्रिय: निको हुनु भनेको यात्रा हो। 

विश्वव्यापी पहुँच 

साधन तथा विधि-पद्धती

हाम्रो "लोक प्रिय शिक्षा" पद्धतिले समुदायहरुलाई साँस्कृतिक रुपमा उपयोगी श्रोत र साधनहरूबाट सुसज्जित गर्दछ जुन चाहिँ विज्ञान तथा अनुसन्धानको आधारमा बनाइएको छ।

  • मनो शिक्षा 

  • तन-मन र मस्तिष्कको चेतना तथा अभ्यास 

  • सचेतना 

  • निको बनाउने साँस्कृतिक कला/ अभ्यास 

  • अभिव्यत्ति (अनुभूति) कला र खेल थेरापी 

  • सहपाठी परामर्ष 

  • सम्बेगात्मक प्राथमिक उपचार 

  • सामुहिक थेरापी र निको बनाउने घेराको (समूह) अभ्यास 

  • सामाजिक पुनर्स्थापना 

  •  रुपान्तरित न्यायको सिद्धान्त तथा अभ्यास 

Nepali women sitting with eyes closed in meditation

हामी कहाँ काम गर्दछौ 

हाम्रो मुख्य सङ्गठन Healing Together (Global) तथा  साझेदार संगठनहरूबाट हामीले निम्न स्थानहरूमा पनि मानसिक स्वास्थ्य  सम्बधि कार्यशालाहरू, तालिमहरू, तथा निको बनाउने कार्यक्रमहरु प्रधान गर्दछौ। 

North America

North America

North America

North America

Black woman holding fist up in the air with teal overlay and "USA" written in the center
अमेरिका 
Uganda student smiling with thumbs point at herself with orange colored overlay and "Uganda" written in the center
अफ्रिका 
bottom of page