top of page
Suresh new.webp

सुरेश क्षेत्री

बोर्ड मेम्बर 

"सुरेश क्षेत्री  ब्राइट होराइजन् चिल्ड्रेन्स होम स्कूलमा काम गर्नु हुन्थ्यो । उहाँ त्यस् संस्थामा जीवन कौशल र नेतृत्व विकास कार्यक्रम (हिलिंग टुगेदर द्वारा संचालित) को सल्लाहकार, सहजकर्ता, र संयोजकका रूपमा पनि काम गर्नुभयो। त्यो कार्यक्रमले युवाहरुलाई जीवनको सिपहरु तथा नेतृत्व विकासमा तथा सामाजिक, भावनात्मक, शान्ति निर्माण, र मानसिक आघातद्वारा प्रभावित युवालाई निको पार्ने सहायता घेरा थियो। त्यसपछि उहाँलाई आफ्नो आघातको बारेमा थाहा भयो र अनि नेपालमा प्रत्येक मानिस सँग आघात भएको महसुस गर्नु भयो र आफ्नो तथा अरुको आघात निको बनाउने यात्रामा लाग्नु भयो।

बाल्यकालमा चरम गरीबी र यौन दुर्व्यवहारको आघातबाट आउनुभएको सुरेश कडा परिश्रम, सकारात्मक सोच र करुणाको मान्यतामा बाँच्नुहुन्छ। प्रेम, सम्बन्ध र साथको माध्यमबाट हामी आफू तथा अरूलाई कसरी निको पार्न सक्छौं भन्ने उदाहरण उहाँले दिनुहुन्छ। उहाको कथा आघात निको बनाउने र सशक्तिररणको एउटा शक्तिशाली उदाहरण हो।

उहाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा MPHIL गर्नुभएको छ। हाल उहाँ फेरि स्नातक स्कूलमा हुनुहुन्छ। त्यस्तै गरेर मनोविज्ञानमा पनि PDGSC गर्नु भएको छ । सुरेश शिव शक्ति युवा क्लबका संस्थापक र अध्यक्ष पनि हुनुहुन्छ। शिव शक्ति युवा क्लव एक पूर्ण-स्वयंसेवक र नेपाली नेतृत्वमा सञ्चालित गैर सरकारी संगठन हो जसले बालबालिकाको शिक्षा, महिला सशक्तिकरण, र पश्चिमी नेपालमा युवा सशक्तीकरण परियोजनाहरूलाई सहयोग गर्दछ।

सुरेश यात्रा गर्न, पुस्तकहरू पढ्न, चलचित्रहरू हेर्न, र अरूलाई मद्दत गर्न रूचाउनुहुन्छ । लेखक बन्ने सपना बोकेका सुरेशलाई आफ्ना लेखहरूद्वारा आफ्नो अनुभव, मानिसहरुको संघर्ष तथा जितको कथाहरू भन्ने चाहना छ।"

bottom of page