top of page

सिर्जना पौडेल

बोर्ड मेम्बर 

पर्वत जिल्लाको उच्च पहाडी क्षेत्रमा जन्मेर सानैदेखि परिवारसंग देशको विभिन्न भु–भागमा बसोवास गर्नुभएको सृजना पौडेलले १० वर्षको उमेरमा आफ्नो परिवारसंग नेपालको राजधानी काठमाडौंमा स्थाई बसाँँई सराइ गर्नु भएको थियो । काठमाडौं आएपछि उहाँ पढाइ लाई निरन्तरता दिन माध्यमिक विद्यालयमा भर्ना हुनुभयो। उहाँले त्रिभुवन विश्वविद्यालय, नेपालबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । विद्यार्थी जीवनदेखिनै उहाँले नेतृत्व कुशलता हासिल गर्नुभएको थियो । उहाँले हस्ति एड्स नामक संस्थामा १ वर्ष काम गर्नु भएको थियो । उक्त संस्थाले सुदुर पश्चिममा एच आई भि एड्स भएका व्यक्तिहरुको लागि कार्य गर्दछ । त्यसपछि डिसेम्वर २००६ मा उहाँ स्वयंसेवीको रुपमा नारी चेतना केन्द्र नेपाल (WACN) मा प्रवेश गर्नुभयो । नारी चेतना केन्द्र नेपालले ग्रामिण महिलाहरुको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य अनुरुप समुदायमा आधारित विकाश कार्यक्रम मार्फत ३५,००० भन्दा बढि महिलाहरुलाई सशक्त बनाउने कार्य गरेको छ । नारी चेतना केन्द्र नेपालमा दुई महिना स्वयंसेवकको रुपमा कार्य गरिसकेपछि उहाले नारी चेतना केन्द्र नेपालको कार्यक्रम अधिकृत, कार्यक्रम संयोजक र कार्यकारी निर्देशक लगायतका विभिन्न पदमा रहि काम गर्नुभएको छ । मार्च २०१९ मा भएको केन्द्रको वार्षिक साधारण सभाबाट उहा नारी चेतना केन्द्र नेपालको कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । विगत १६ वर्षदेखि उहाले समुदाय स्तरमा विभिन्न कार्यक्रमहरु संयोजन गर्नुका साथै महिला सशक्तीकरणका निमित्त विभिन्न तालिम तथा कार्यक्रमहरुमार्फत ग्रामिण महिलाहरुलाई सशक्त बनाउदै आउनु भएको छ ।

bottom of page