Sarita Pokhrel, MA
Operations & Training Coordinator
यस संस्थामा Operations & Training Coordinator को रुपमा कार्यरत सरिता पोख्रेलले समाजशास्त्रमा स्नातक तथा ग्रामिण विकासमा स्नाकोत्तर गर्नुभएको छ। बिगत एक दशकदेखि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग आबद्द भई अध्यापक, प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा काम गर्दै आउनुभएको पोख्रेल हाल काठमाडौँ विश्वविध्यालयमा Visiting Faculty को रुपमा पनि आबद्द हुनुहुन्छ ।
इस्थर बेन्जामिन मेमोरिअल फाउन्डेसन र संसारमाया जस्ता संघ संस्थाहरुको माध्यमबाट उहाँले, बेचबिखनको जोखिममा रहेका तथा उद्दार गरिएका बालबालिकालाई पुनर्स्थापना, मनोसामाजिक परामर्श, पारिवारिक पुनर्मिलन, साथै शिक्षक तथा समुदायलाई तालिम, अभिमुखीकरण तथा सचेनात्मक कार्यहरु गर्दै मानव बेचबिखनलाई रोकथामको क्षेत्रमा काम गर्नुभएको छ । महिला तथा युवा सशक्तिकरणका परियोजनाहरुमा अनुभव र दक्षता हासिल गर्नुका साथै बाबा स्कूलको प्राथमिक संयोजकको रुपमा रहेर उहाँले शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नुभएको छ ।
आफ्नो व्यक्तिगत तथा पेशाको माध्यमबाट समाज सेवा गर्ने उदेश्य लिएकी पोख्रेल फुर्सदको समयमा पुस्तकहरु पढ्न, लेख्न, संगीत सुन्न र यात्रा गर्न मन पराउनुहुन्छ।