top of page
Lochana.JPG

लोचना शर्मा नेपाल 

अध्यक्ष, हिलिंग टुगेदर नेपाल 

लोचना शर्मा नेपाल, अध्यक्ष हिलिङ्ग टुगेदर, 

औपचारिक नाम रादिका चम्लागाईँ भए पनि झण्डै २ दशकभन्दा बढी समयदेखि लोचना शर्मा नामबाट पत्रकारिता र लेखनको क्षेत्रमा चिनिनु भएकी उहाँ मनोसामाजिक परामर्शदाता, कानुनकर्मी विभिन्न कलेजहरुमा प्राध्यापन पनि गर्नुहुन्छ । कानुन, मनोविज्ञान, शिक्षा शास्त्र र नेपाली साहित्य विषय लिएर स्नातकोत्तरसम्मको अध्ययन गर्नु भएकी नेपाल  बिपदबिद (मनोपरामर्श)शर्माले दुई दशकदेखि शिक्षण, प्राध्यापन, प्रशिक्षण( मनोसामाजिक  तथा उद्दमशीलता), कानुनकर्मदेखि नियमित मनोपरामर्शकर्मलाई निरन्तरता दिँदै धेरै संस्थाहरुमा सहजकर्तादेखि संयोजक, निर्देशक, कार्यकारी निर्देशक, बोर्ड सदस्य समेतको सफल जिम्मेवारीका साथ नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्नु भएको छ । सामूहिक नेतृत्व विकासमा विशेष दख्खल राख्नुहुने शर्मा ११ वर्ष पुरानो आफ्नै सञ्चार कम्पनी शीकर मिडिया प्रा. लि. को संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उहाँको निर्देशन, लेखन उद्घोष र परिकल्पनामा  बृत्तचित्रहरु पनि निर्मित छन् । 

bottom of page