top of page

अरुण सुबेदी 

सहजकर्ता 

उहाँ अधिवक्ता कानुनव्यवसायी का साथै विभिन्न कलेजहरुमा प्राध्यापन पनि गर्नुहुन्छ । समाजशास्त्र विषय लिएर स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएका अधिवक्ता अरुण सुवेदी ब्राइट होराइजन् चिल्ड्रेन्स होम स्कूलमा आवासीय शिक्षकको रुपमा काम गर्नु हुन्थ्यो । उहाँ त्यस् संस्थामा जीवन कौशल र नेतृत्व विकास कार्यक्रम हिलिंग टुगेदर द्वारा संचालित० को सहजकर्ता, को रूपमा पनि काम गर्नुभयो। उक्त कार्यक्रमले युवाहरुलाई जीवन उपयोगी सिपहरु तथा नेतृत्व विकास तथा सामाजिक, भावनात्मक, शान्ति निर्माण, र मानसिक आघातबाट प्रभावित युवालाई निको पार्न सहयोगी भूमिका खेल्न सक्ने सहायता घेरा थियो। त्यसपछि उहाँलाई आफ्नो आघातको बारेमा महसुस भयो र अनि नेपालमा अधिकांश मानिस सँग आघात भएको जानकारी भयो र आफ्नो तथा अरुको आघात निको बनाउने यात्रामा लाग्नु भयो। जीवन संघर्ष, आर्थिक विपन्नता को आघातबाट आउनुभएको अरुण मेहनत , सकारात्मक सोच र लगनशीलता, निष्ठाको, पूर्वीय दर्शनको मान्यतामा बाँच्नुहुन्छ। संस्कृत, आयुर्वेद, योग, सात्विक भोजन, ईश्वरप्रतिको प्रेम, आस्था, श्रद्धा एवं आध्यात्मिक ज्ञान, अभ्यास एवं पूर्वीय दर्शनको ज्ञान, सीप एवं जीवनचर्या को माध्यमबाट हामी आफू तथा अरूलाई कसरी निको पार्न सक्छौं भन्ने उदाहरण उहाँले दिनुहुन्छ। उहाको कथा आघात निको बनाउने र सशक्तिररणको एउटा शक्तिशाली उदाहरण हो। अरुण विभिन्न प्राकृतिक एवं ऐतिहासिक, सांस्कृतिक स्थलहरुको यात्रा गर्न, पुस्तकहरू अध्ययन, भजन किर्तन गर्न, गीत गाउन, र अरूलाई कानुनी परामर्श समेतको सहयोग गर्न निकै रूचाउनुहुन्छ ।

bottom of page